नयाँ उचाईमा पुगेको नेप्से एक दिनमा नै लाग्यो ब्रेक, सामान्य अंकले करेक्शन हुँदा १४ अर्ब माथिको कारोबार « Arthapath.com
११ श्रावण २०७८, सोमबार

नयाँ उचाईमा पुगेको नेप्से एक दिनमा नै लाग्यो ब्रेक, सामान्य अंकले करेक्शन हुँदा १४ अर्ब माथिको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर उकालो लागीरहेका बेला सोमबार भने सामान्य अंकले करेक्शन भएको छ । आइतबार ५४ अंकले बढेर नयाँ कीर्तिमानी कायम गरेको नेप्से एक दिन पनि थेगन सकेन् । हिजो आइतबार नेप्से हालसम्म कै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको थियो । नेप्सेले उचाइ छुने यात्रालाई एक दिनमा नै ब्रेक लागेको हो ।

सोमबार दिनभरिको उतार चढावपछि अन्तिममा सामान्य अंकले करेक्शन भएको हो । सोमबार नेप्से परिसूचक ८.२४ अंकले करेक्शन भएर ३०५०.४२ अंकमा बन्द भएको छ । ओपन भएको केही समयसम्म हाइ रहेको नेप्से अन्तिममा सामान्य अंकले करेक्शन भएको हो । यसअघि हिजो आइतबार नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६४ अंकमा बन्द भएर हालसम्म कै उच्च बिन्दुमा पुगेको थियो ।

सोमबार दिनभरिमा २२३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार कित्ता सेयर १ लाख ३७ हजार पटक किनबेच हुँदा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो आइतबार ४ करोड ३९ लाख ३९ हजार कित्ता सेयर १ लाख ३९ हजार पटक किनबेच हुँदा १४ अर्ब २३ करोड २४ लाख १७ हजार रुपैयाको कारोबार भएको थियो ।

सोमबार बैंकिङ समूह ४३.३० अंक, डेभलपमेन्ट बैंक समूह ३४.३३ अंक, इन्भेष्टमेन्ट समूह ०.०१ अंक, म्यचुअल फण्ड समूह ०.२६ अंक, अन्य समूह १०.५१ अंकले घटेको छ ।

त्यस्तै, फाइनान्स समूह ६४.६७ अंक, हाइड्रो पावर समूह १०२.६२ अंक, जीवन बीमा समूह ६८.०७ अंक, म्यानुफ्याक्ट्रचरिङ समूह ८२.८७ अंक, माइक्रोफाइनान्स समूह ९८.१० अंक, निर्जीवन बीमा समूह २०.१९ अंक, ट्रेडिङ समूह ५५.०४ अंक, होटल तथा पर्यटन समूह १४.५६ अंकले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्