लगानी गर्ने अवसरः मानुषी लघुवित्तले साउन २७ गतेदेखि आईपीओ निष्काशन गर्ने « Arthapath.com
१२ श्रावण २०७८, मंगलवार

लगानी गर्ने अवसरः मानुषी लघुवित्तले साउन २७ गतेदेखि आईपीओ निष्काशन गर्ने



काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो ।

लघुवित्तले १ सय रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन तथा बिक्री गर्नेछ । जसमा ०.५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई छुट्याईएको छ । भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणका लागी छुट्याएको छ ।

आइपीओमा छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ । लघुवित्तको ३६ प्रतिशत प्राथमिक शेयर जारीपश्चात चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्