उच्च अदालतले पनि पूर्व सभामुख महरालाई दियो सफाई « Arthapath.com
१२ श्रावण २०७८, मंगलवार

उच्च अदालतले पनि पूर्व सभामुख महरालाई दियो सफाई



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महराले सफाई पाएका छन् । उच्च अदालत पाटनले महरालाई सफाइ दिएको हो ।

मंगलबार उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले महरालाई सफाइ दिने काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरेको हुन् ।

उनीविरुद्ध सभामुख रहेका वेला संसद् सचिवालयकै कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको आरोप लागेको थियो । यसअघि महरालाई काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश अम्मरराज पौडलको इजलासले महरालाई सफाइ दिएको थियो ।

१२ असोजमा संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेपछि महराले १४ असोजमा राजीनामा दिएका थिए । १९ असोज साँझ महराविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । उनी सोही दिन पक्राउ परेका थिए ।


प्रतिक्रिया दिनुहोस्