सोमबार मौद्रिक नीति सार्वजनिक गर्ने भन्ने हल्ला भ्रामक होः राष्ट्र बैंक « Arthapath.com
१८ श्रावण २०७८, सोमबार

सोमबार मौद्रिक नीति सार्वजनिक गर्ने भन्ने हल्ला भ्रामक होः राष्ट्र बैंक



काठमाडौं । राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक नगर्ने भएको छ । सामाजिक सञ्जालमा राष्ट्र बैंकले सोमबार मौद्रिक नीति सार्वजनिक गर्दै भनेर हल्ला चलाएको छ । तर राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्ने कुनै तयारी नरहेको जनाएको छ । राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भन्ने भ्रम मात्रै भएको बताएको छ ।

स्रोतका अनुसार सेयर बजारमा आज ४ बजे मौद्रिक नीति आउने हल्ला चलिरहेको छ । सामाजिक सञ्जालमा राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने भन्ने कुरामा कुनै सत्यता नभएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुकमार ढकालले जानकारी दिए । ढकालले भने मौद्रिक निती तयारीमा छ, संभवत यसै साता सार्वजनिक गर्ने तयारी छ ।

नेपाल राष्ट्र बैंकले सोमबार मौद्रिक नीति सार्वजनिक गर्ने कुनै तयारी नरहेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७८–७९ को लागी मौद्रिक नीति यसै साताभित्र ल्याउने तयारी थालेको स्रोतले बताएको छ । सरकार परिवर्तन भएपछि राष्ट्र बैंकको मौद्रिक नीति पनि प्रभावित भएको छ । साउनको पहिलो साता नै सार्वजनिक गर्नुपर्ने मौद्रिक नीति ल्याउन ढिलाई भएको हो । राष्ट्र बैंक स्वायत्त संस्था हो तर सरकार परिवर्तनले ठूलो हलचल आउने गर्दछ ।

यता अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयबाट मौद्रिक निती नरोकेको बताईसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्