अन्तिम दिन मैलुङ खोला जलविद्युतको आईपीओमा मागभन्दा ३९ गुणा बढी आवेदन पर्यो « Arthapath.com
१९ श्रावण २०७८, मंगलवार

अन्तिम दिन मैलुङ खोला जलविद्युतको आईपीओमा मागभन्दा ३९ गुणा बढी आवेदन पर्यो



काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा ३९ गुणा बढी आवेदन परेको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार मंगलबारसम्मको तथ्याङ्क अनुसार २१ लाख १८ हजार ९२५ जना आवेदकले २ करोड ८५ लाख ४१ हजार ८४० कित्ताका लागी आवेदन दिएका हुन् । यो माग गरिएको भन्दा ३८.७८ गुणा बढी आवेदन परेको हो । यो संखयामा घटबढ हुनुक्नेछ । यसअघि यूनियन लाइफको आईपीओमा २१ लाख ७२ हजार ८६८ जनाले आवेदन दिएका थिए । यो नै हालसम्म कै धेरै जनाले आवेदन दिएका हुन् । मैलुङ खोलाको आईपीओले नयाँ रेकर्ड भने बनाउन सकेन् ।

कम्पनी लिमिटेड बिहीबारदेखि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ, भने बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणका लागी छुट्याइएको छ ।

कम्पनीको आईपीओमा आवेदन दिने समय बन्द भैसकेको छ । हिजो सोमबार सर्भरमा समस्या आएपछि मंगलबार केही समयका लागी आवेदन खुला गरेको थियो । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । धितोपत्र बोर्डले कम्पनीलाई गत असार २३ गते आईपीओ निष्कासन गर्न अनुमपति दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्