बन्दाबन्दीको कारण धरापमा परेको अटोमोवाइल क्षेत्र पुनः गतिशिल बनाउन नाडाको माग « Arthapath.com
२० श्रावण २०७८, बुधबार

बन्दाबन्दीको कारण धरापमा परेको अटोमोवाइल क्षेत्र पुनः गतिशिल बनाउन नाडाको माग



काठमाडौं । कोरोन संक्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीले धरापमा परेको अटोमोवाइल क्षेत्र पुन गतिशिल बनाउन नाडाले सरकारसंग माग गरेको छ ।नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको गएको ७ सदसिय नाडा प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटी कोभिड १९ को कारण सरकारले आम जनताको स्वास्थ रक्षाको लागि काम गर्न आग्रह गरेका छन ।

त्यसैगरीे भेटघाट तथा छलफलमा केन्द्रीय कार्य समिति सदस्य, सार्वजनिक सवारी साधन समिति तथा सडक शुरक्षा तथा वातावरण समितिका सभापति राजनबानु श्रेष्ठले लामो बन्दाबन्दीका कारण बस,मिनिबस र माइक्रोबस व्यवसायीहरु ठूलो मर्कामा परेकोले उनिहरुको राहतका लागि सरकारले अन्य व्यवसायीहरुलाई उपलब्ध गराउदै आएको जस्तै आर्थिक राहत ती व्यवसायीहरुलाई पनि उपलब्ध गराउने व्यवस्थाका लागि आग्रह गरेका छन ।
बन तथा वातावरण मन्त्रालयले जीप, कार भ्यान र मोटरसाइकलमा भ्गचय(टर द्यक्(छ लागु गर्न लागेको विषय सराहनिय भए पनि त्यसको कार्यान्वयनका लागि व्यवसायीहरुलाई पर्याप्त समय उपलब्ध गराई दिने व्यवस्था मिलाई दिन समेत प्रधानमन्त्रीसंग आग्रह गरेका छन ।

छलफलमा नाडाका अर्का उपाध्यक्ष आकाश गोल्छा, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य दिपक अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्