मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नयाँ शाखा सितापाइलामा « Arthapath.com
२० श्रावण २०७८, बुधबार

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नयाँ शाखा सितापाइलामा



काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले नयाँ शाखा सितापाइलामा सञ्चालनमा ल्याएको छ । कम्पनिले काठमाण्डौं स्थित सितापाइलामा मंगलबार देखि सितापाइला शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

दुर्गम तथा ग्रामिण भेगहरुका साथै शहरी क्षेत्रमा आफ्नो उपस्थिति दरिलो र प्रभावकारी बनाउने क्रममा शाखा सञ्चालनमा ल्याएको संस्थाले जानकारी दिएको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष सञ्जिब मानन्धरले एक समारोह बीच सितापाइला शाखा कार्यालय उद्घाटन गरेका छन ।

उद्घाटन समारोहलाई सम्वोधन गर्दै संस्थाका अध्यक्ष मानन्धरले सबल अनि विश्वसनीय संस्थाको रुपमा स्थापित गराउन आफू निरन्तर लागी पर्ने समेत बताएका छन । लघुवित्त कार्यक्रमले स्थानीय श्रोत साधन र सीपको अत्यधिक उपयोग गरी नागरिकहरुलाई उत्पादनशिल कार्यमा संलग्न गराई ब्यवसायिक क्रियाकलापमा लगाउन लघुवित्तले सहयोग पु¥याउने समेत बताएका छन ।

त्यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले सवै वर्ग र क्षेत्रलाई लघुवित्त कार्यक्रममा समावेश गरि स्थानीय सीप र श्रोतको परिचालनमा नागरिकहरुलाई आर्थिक रुपमा सक्षम बनाउनु संस्थाको उद्देश्य रहेको प्रमुख कार्यकारी अधिकृत दाहालले बताए । त्यस्तगरीै नागरिकहरुले गरेको अथाह विश्वास, भरोसाले देशभरका हरेक सम्भाबित क्षेत्रको अध्ययन गरि निकट भविष्यमा थप शाखा सञ्जाल विस्तार गर्ने योजना रहेको समेत जानकारी दिएका छन ।

नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको माइक्रोफाइनान्सको नयाँ शाखा विस्तारसंगै ६१ जिल्लामा १३० शाखा कार्यालय पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्