बैंक अफ काठमाण्डूका ग्राहकलाई सम्यक डाईग्रोष्टिकमा १०% छुट
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई सम्यक डाईग्रोष्टिकमा १०% छुट पाइने भएको छ ।
बैंक अफ काठमाण्डू लिमिटेड र सम्यक डाईग्रोष्टिक प्रा. लि. बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका आदरणीय ग्राहकहरुलाई १०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
सम्झौता पश्चात् ग्राहकहरुले सम्यक डाईग्रोष्टिक प्रा. लि.ले प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १०% सम्म छुट पाउनेछन् ।
सम्यक डाईग्रोष्टिकले काण्ठमाडौं उपत्यकाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।