यी ११ लघुवित्तलाई राष्ट्र बैंकको कारबाही « Arthapath.com
२९ श्रावण २०७८, शुक्रबार

यी ११ लघुवित्तलाई राष्ट्र बैंकको कारबाही



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ११ लघुवित्तलाई कारबाही गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गका ११ वटा विभिन्न लघुवित्त वित्तीय संस्थाहरुलाई कारबाही गरेको हो । आर्थिक वर्ष २०७६–०७७ मा अनिवार्य मौज्दात अनुपात कायम नगरेकाले राष्ट्र बैंकले संस्थाहरुलाई कारबाही स्वरुप हर्जाना लगाएको हो ।

निक्षेप दायित्वको ०.५ प्रतिशत (सर्वसाधारणबाट निक्षेप संकलन गर्नेको हकमा २ प्रतिशत) अनिवार्य मौज्दाद अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेको छ । तर यी ११ संस्थाले आव २०७६–७७ अनिवार्य रुपमा अनुपात कायम नगरेकाले जरिवाना लगाई कारबाही गरेको राष्ट्र बैंकले जनाएको हो ।

कारबाहीमा पर्ने लघुवित्तहरुमा स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड, फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड, विपिडव्लयु लघुवित्त वित्तीय संस्था लिमिटेड, सल्भ लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेड, आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र गरिवी न्यूनीकरण लघुवित्त वित्तीय संस्था लिमिटेडलाई कारबाही गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्