निरन्तर गिरावटले पिरोल्यो लागानीकर्ता: १८१ कम्पनीका सेयरधनीले गुमाउँदा कारोबार पनि सुस्त « Arthapath.com
४ असार २०८३, बिहिबार

निरन्तर गिरावटले पिरोल्यो लागानीकर्ता: १८१ कम्पनीका सेयरधनीले गुमाउँदा कारोबार पनि सुस्त



काठमाडाैं । बिहिबार पनि सेयर बजार घट्ने क्रमले पुनः निरन्तरता पाएकाे छ। गत सातादेखि निरन्तर घट्दो क्रममा रहेको सेयर बजार आज बुधबार स्थिर देखिएकाे थियाे भने आज फेरि घटेकाे छ।

आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.०६ अंकले घटेर २७ सय ४७ बिन्दुमा झरेकाे छ।

नेप्से परिसूचकसँग यसरदिन काराेबार पनि खुम्चिएकाे छ। आज ३४७ कम्पनीकाे ७७ लाख ४३ हजार ३० कित्ता सेयर ३ अर्ब ४१ कराेड ४८ लाख २३ हजार रूपैयाँमा काराेबार भएकाे छ।

हिजाे ३५२ कम्पनीको ८३ लाख ७५ हजार ४७१ कित्ता मात्र सेयर खरदिबिक्रि हुँदा ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार रुपैयाँमा कारोबार भएको थियाे।

आज वाणिज्य बैंक, फाइनान्स, माइक्राेफाइनान्स, म्युच्युअफ फण्ड र व्यापार समुहकाे उपसूचकमा झिनाे सुधार देखिए पनि बाँकी सबै उपसूचक राताम्य बनेका छन् ।

समग्र बजार घटेकाे दिन ७७ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १८१ कम्पनीकाे सेयर मूल्य घटेकाे छ। यस्तै १४ वटाकाे स्थिर देखिएकाे छ।

आज एपोलो हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशत र सोपान फर्मास्विटिकल्सको सेयर मूल्य १४.९९ प्रतिशत बढेकाे छ।


प्रतिक्रिया दिनुहोस्