सिद्धार्थ बैंकको ब्याज आम्दानी झिनो अंकले घटेपनि अन्य सूचकमा चम्कियो, नाफा झण्डै ३ अर्ब रुपैयाँ « Arthapath.com
२० असार २०८२, शुक्रबार

सिद्धार्थ बैंकको ब्याज आम्दानी झिनो अंकले घटेपनि अन्य सूचकमा चम्कियो, नाफा झण्डै ३ अर्ब रुपैयाँ



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३२.३१ प्रतिशत बढेर २ अर्ब ८३ करोड ६१ लाख १४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब १४ करोड ३६ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ०.६२ प्रतिशत घटेर ५ अर्ब ५३ करोड ९८ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ५ अर्ब ५७ करोड ४१ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी २३.०६ प्रतिशत बढेर १ अर्ब १३ करोड ५२ लाख ६९ हजार रुपैयाँ, सञ्चालन मुनाफा ३०.५७ प्रतिशत बढेर ४ अर्ब १३ करोड ५९ लाख ३२ हजार रुपैयाँ, वितरणयोग्य मुनाफा ४०.५३ प्रतिशत बढेर १ अर्ब २१ करोड ७६ लाख ५२ हजार रुपैयाँ र कुल सञ्चालन मुनाफा १८.४८ प्रतिशत बढेर ८ अर्ब ४९ करोड ५१ लाख २२ हजार रुपैयाँ पुगेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ६८ करोड ६४ लाख रुपैयाँबाट बढेर ८६ करोड रुपैयाँमा पुगेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेर १० अर्ब ९६ करोड २२ लाख ९९ हजार रुपैयाँ, जगेडा कोष ४९.४८ प्रतिशत बढेर ९ अर्ब ३० करोड २६ लाख ७६ हजार रुपैयाँ, निक्षेप २९.५९ प्रतिशत बढेर १ खर्ब ८० अर्ब ९२ करोड ४० लाख ९ हजार रुपैयाँ र कर्जा २८.३० प्रतिशत बढेर १ खर्ब ५८ करोड ५४ लाख १८ हजार ७४ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९७ पैसा बढेर २५ रुपैयाँ ८७ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १९.४८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ८६ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्