सांग्रीला बैंकको सबै सूचकमा छलाङ, नाफा ११८ प्रतिशतले बढ्दा वितरणयोग्य मुनाफा २३६ प्रतिशतले उछाल « Arthapath.com
३१ श्रावण २०७८, आईतवार

सांग्रीला बैंकको सबै सूचकमा छलाङ, नाफा ११८ प्रतिशतले बढ्दा वितरणयोग्य मुनाफा २३६ प्रतिशतले उछाल



काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ११८.१८ प्रतिशत बढेर ४१ करोड ६९ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १९ करोड १० लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १४.०६ प्रतिशत बढेर १ अर्ब १९ करोड ७९ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ५ करोड २ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी ३४ प्रतिशत बढेर २१ करोड ८७ लाख ११ हजार रुपैयाँ, सञ्चालन मुनाफा १०९.२१ प्रतिशत बढेर ४१ करोड ६९ लाख ३० हजार रुपैयाँ, वितरणयोग्य मुनाफा २३६ प्रतिशत बढेर २८ करोड ८३ लाख ९३ हजार रुपैयाँ र सञ्चालन मुनाफा ३५.७६ प्रतिशत बढेर १ अर्ब ६५ करोड ७७ लाख ३६ हजार रुपैयाँ पुगेको छ । बैंकको इम्पेरमेन्ट चार्ज २५ करोड ९४ लाख रुपैयाँबाट घटेर २३ करोड २५ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५ प्रतिशत बढेर २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार रुपैयाँ, जगेडा कोष ४०.१२ प्रतिशत बढेर ९७ करोड ९९ लाख ९४ हजार रुपैयाँ, निक्षेप ४८.५७ प्रतिशत बढेर ४१ अर्ब ७९ करोड ७३ लाख ५० हजार रुपैयाँ र कर्जा ४४.३० प्रतिशत बढेर ३३ अर्ब ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९० पैसा बढेर १५ रुपैयाँ २३ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २७.८३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ८१ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्