सेञ्चुरी बैंकको नाफा ७५ करोड रुपैयाँ, ब्याज आम्दानी सामान्य घट्दा अन्य सूचक यस्ता छन् « Arthapath.com
३२ श्रावण २०७८, सोमबार

सेञ्चुरी बैंकको नाफा ७५ करोड रुपैयाँ, ब्याज आम्दानी सामान्य घट्दा अन्य सूचक यस्ता छन्



काठमाडौं । सेञ्चुरी कमर्शियल बैंक लिमिटेको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ६.७७ प्रतिशत घटेर ७५ करोड ३६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ८० करोड ४५ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असार मसान्तसम्ममा बैंकका खुद ब्याज आम्दानी ३.२९ प्रतिशत घटेर २ अर्ब ६० करोड ६५ लाख ६९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ६९ करोड ५२ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी ५१.९६ प्रतिशत बढेर ३७ करोड ८१ लाख ७३ हजार रुपैयाँ, वितरण योग्य मुनाफा ४८.६२ प्रतिशत बढेर ५९ करोड ४६ लाख ३१ हजार रुपैयाँ र कुल सञ्चालन मुनाफा १.७३ प्रतिशत बढेर ३ अर्ब २२ करोड ८३ लाख २६ हजार रुपैयाँ पुगेको छ । तर बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा १४.९० प्रतिशत घटेर १ अर्ब ३ करोड ४५ लाख ४५ हजार रुपैयाँमा सिमित भएको छ ।

गत असार मसान्तसम्म बैंकको चुक्ता पूँजी ७.३६ प्रतिशत बढेर ९ अर्ब ३ करोड ४४ लाख ३० हजार रुपैयाँ, जगेडा कोष ६.१४ प्रतिशत घटेर २ अर्ब १ करोड ८० लाख २८ हजार रुपैयाँ, निक्षेप ४३.१५ प्रतिशत बढेर ९३ अर्ब ४९ करोड ६६ लाख २८ हजार रुपैयाँ र कर्जा ३४.३० प्रतिशत बढेर ७८ अर्ब ९ करोड ६७ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ २६ पैसा घटेर ८ रुपैयाँ ३० पैसामा सिमित भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.०५ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्