सनराइज बैंकको ब्याज आम्दानी बाहेक सबै सूचकमा उल्लेख्य सुधार, नाफा १६ प्रतिशत बढ्दा इपीएस कति ? « Arthapath.com
३२ श्रावण २०७८, सोमबार

सनराइज बैंकको ब्याज आम्दानी बाहेक सबै सूचकमा उल्लेख्य सुधार, नाफा १६ प्रतिशत बढ्दा इपीएस कति ?



काठमाडौं । सनराइज बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १६.३९ प्रतिशत बढेर १ अर्ब ५८ करोड २२ लाख ४७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३५ करोड ९४ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

गत असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ८.७७ प्रतिशत घटेर ३ अर्ब ५२ करोड ६ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ८५ करोड ९२ लाख ९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको वितरण योग्य मुनाफा १३.६९ प्रतिशत बढेर ६० करोड १५ लाख ७४ हजार रुपैयाँ, नेट फि तथा कमिशन आम्दानी ११.८३ प्रतिशत बढेर ९६ करोड २१ लाख ७७ हजार रुपैयाँ र सञ्चालन मुनाफा समीक्षा अवधिमा १८.९१ प्रतिशत बढेर १ अर्ब ५८ करोड २२ लाख४७ हजार रुपैयाँ पुगेको छ । बैंकको कुल सञ्चालन मुनाफा भने १.४० प्रतिशत घटेर ४ अर्ब ९४ करोड ५६ लाख ३ हजार रुपैयामा सिमित भएको छ ।

गत असार मसान्तसम्म बैंकको चुक्ता पूँजी ५ं८० प्रतिशत बढेर ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार रुपैयाँ, जगृडा कोष २०.६१ प्रतिशत बढेर ५ अर्ब ३३ करोड ८२ लाख ५ हजार रुपैयाँ, निक्षेप १७.९७ प्रतिशत बढेर १ खर्ब ६ अर्ब ४३ करोड २३ लाख ७० हजार रुपैयाँ र कर्जा २४.०४ प्रतिशत बढेर १ खर्ब २९ करोड ३४ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५२ पैसा बढेर १६ रुपैयाँ ६८ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ २६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.९२ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्