मौद्रिक नीतिले लघुवित्तको सङ्ख्यामा कमी आउँछः सीईओ जोशी « Arthapath.com
२ भाद्र २०७८, बुधबार

मौद्रिक नीतिले लघुवित्तको सङ्ख्यामा कमी आउँछः सीईओ जोशी



काठमाडौं । नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले लघुवित्तको संख्या घटाउन सहयोग पुग्ने सीईओ जोशीले बताएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८–७९ को मौद्रिक नीतिले लघुवित्त संख्या घटाउन मिल्ने गरी ब्यवस्था गरिएको ग्लोबल आइएमई लघुवित्तका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० हरिकृष्ण जोशीले बताएका हुन् । 

जोशीका अनुसार मौद्रिक नीतिले वित्तीय संस्थाहरू को सङ्ख्यामा कमी आउने छ । गत शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले सेयर कर्जामा कडाइ गरेको छ भने अन्य व्यवस्थामा सबै राम्रो भएको विभिन्न सङ्घसंस्थाले प्रतिक्रिया दिएका छन् । 

सीईओ जोशीले थोक लघुवित्त वित्तीय संस्थालाई ऋणपत्र जारी गर्न दिएपछि पनि सहजता कायम गर्ने उनले बताए । तर विपन्न बर्गको कर्जाको दायर बढ्दा स्रोत व्यवस्थापनमा समस्या आउन सक्ने उनको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्