राष्ट्रिय वाणिज्य बैंकद्वारा साढे २ हजारलाई २.९ अर्ब रुपैयाँ सहुलियत कर्जा प्रदान
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकबाट सहुलियत कर्जा लिनेको संख्या अघिल्लो आवको तुलनामा गत आर्थिक बर्षमा घटेको छ भने रकम बढेको छ । आर्थिक बर्ष २०७६–७७ मा १ हजार ३०६ जनाले १०१.०५ करोड रुपैयाँ विभिन्न कर्जा लिएका छन् भने गत आर्थिक बर्ष २०७७–०७८ मा १ हजार ३०२ जनाले १०७.९६ करोड रुपैयाँ सहुलियत कर्जा लिएको छन् । राष्ट्रिय वाणिज्य बैंकले अघिल्लो आव र गत आव गरि कूल साढे २ हजार भन्दा बढीलाई सहुलियत कर्जा प्रदान गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले आर्थिक बर्ष २०७६–७७ र ०७७–०७८ मा गरी २ हजार ६०८ जानलाई २०९ करोड रुपैयाँ सहुलियत कर्जा प्रदान गरेको हो ।
बैंकले आर्थिक बर्ष २०७६–७७ मा ३० जनालाई १.८२ करोड रुपैयाँ र गत आव ०७७–७८ मा १२ जनालाई ६८ लाख रुपैयाँ गरी कूल ४२ जनालाई २.५० करोड रुपैयाँ शिक्षित युवा स्वरोजगार कर्जा प्रदान गरेको छ ।
त्यस्तै, बैंकले आर्थिक बर्ष २०७६–७७ मा ९११ जनालाई ७४.९० करोड रुपैयाँ र गत आव ०७७–०७८ मा १ हजार ९५ जनालाई ९२.८९ करोड रुपैयाँ गरि कूल २ हजार ६ जनालाई १६७.७९ करोड रुपैयाँ महिला उद्यमी कर्जा प्रदान गरेको छ ।
त्यस्तै, बैंकले आर्थिक बर्ष २०७६–७७ मा ५३ जनालाई ३.९१ करोड रुपैयाँ र गत आव ०७७–०७८ मा २१ जनालाई १.८८ करोड रुपैयाँ गरि कूल ७४ जनालाई ५.७९ करोड रुपैयाँ बैदेशिक रोजगारबाट फर्केका युवालाई कर्जा प्रदान गरेको छ ।
त्यस्तै, बैंकले आर्थिक बर्ष २०७६–७७ मा ८९ जनालाई ५.६७ करोड रुपैयाँ र आर्थिक बर्ष २०७७–७८ मा ४७ जनालाई ३.१८ करोड रुपैयाँ गरि कूल १३६ जनालाई ८.८५ करोड रुपैयाँ दलित समुदाय ब्यापार कर्जा वितरण गरेको छ ।
त्यस्तै, बैंकले आर्थिक बर्ष २०७६–७७ मा २९ जनालाई १.२० करोड रुपैयाँ र आर्थिक बर्ष २०७७–०७८ मा ४ जनालाई २० लाख रुपैयाँ गरि कूल ३३ जनालाई १.४० करोड रुपैयाँ उच्च तथा प्राविधिक ब्यावसायिक कर्जा दिएको छ ।
त्यस्तै, बैंकले आर्थिक बर्ष २०७६–७७ मा १२७ जनालाई ३.६५ करोड रुपैयाँ र आर्थिक बर्ष २०७७–०७८ मा १२ जनालाई ३४ लाख रुपैयाँ गरि कूल १३९ जनालाई ३.९९ करोड रुपैयाँ भूकम्प पीडितलाई अनुदान कर्जा वितरण गरेको छ ।
त्यस्तै, आर्थिक बर्ष २०७६–७७ मा ६७ जनालाई ९.८८ करोड रुपैयाँ र आर्थिक बर्ष २०७७–०७८ मा १११ जनालाई ८.७९ करोड रुपैयाँ गरि कूल १७८ जनालाई १८.६७ करोड रुपैयाँ ब्यावसायिक कृषि तथा पशुपंक्षि कर्जा दिएको बैंकले जनाएको छ ।