पुरानो बानेश्वरको मात्रिका आई सेण्टरमा बम भेटियो « Arthapath.com
२४ भाद्र २०७८, बिहीबार

पुरानो बानेश्वरको मात्रिका आई सेण्टरमा बम भेटियो



काठमाडौं । पुरानो बानेश्वरमा रहेको आँखा अस्पतालमा बम फेला परेको छ । पुरानो बानेश्वर र मैतिदेवीबीचमा रहेको मात्रिका आई सेण्टर अस्पतालमा बम भेटिएको घटनास्थलमा खटिएका प्रहरीले जनाएको छ ।

अस्पतालको तेस्रो तलामा बम भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । अहिले कडा सुरक्षाका साथ नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको प्रहरीले बताइको छ ।

बिहीबार बिहान ९ बजेतिर बम भेटिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारिरहेको बताएको छ । घटनास्थलमा नेपाली सेना, शसस्त्र प्रहरीको टोली र नेपाल प्रहरीको कडा सुरक्षा रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्