१६५३९ जनामा परीक्षण गर्दा १४८६ जनामा कोरोना सङ्क्रमण, १६ जनाको मुत्यु « Arthapath.com
२८ भाद्र २०७८, सोमबार

१६५३९ जनामा परीक्षण गर्दा १४८६ जनामा कोरोना सङ्क्रमण, १६ जनाको मुत्यु



काठमाडौं । आज आइतबार पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो संगै कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ७८ हजार ३ सय १२ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार ५ सय ३९ जनामा गरिएको परीक्षणमा १ हजार ४ सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा १६ जनाको ज्यान गएको छ भने १२६० जना निको भएका छन् । आज थपएिकासंगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार ९ सय ६५ पुगेको छ  भने कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ४० हजार ७ सय १७ पुगेको छ ।


हाल देशभर २६ हजार ६ सय ३० जना आईसोलेसनमा रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्