दशैंको अग्रिम टिकट बुकिङ असोजको दोस्रो साताबाट खुलाउन प्रस्ताव « Arthapath.com
२९ भाद्र २०७८, मंगलवार

दशैंको अग्रिम टिकट बुकिङ असोजको दोस्रो साताबाट खुलाउन प्रस्ताव



काठमाडौं । असोजको दोस्रो साताबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवस्था विभागले प्रस्ताव गरेको छ । विभागले यायायात व्यवसायीहरुसंग पहिलो चरणमा असोज ८,९ गतेबाट अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको हो ।

चाडबाडको वेला लामो दूरीका यातायात व्यवस्थित गर्ने गरी व्यवसायीहरूसँग छलफल गरेको विभागले जनाएको छ । त्यस्तैगरी भाडादर, कोभिड स्वास्थ्य मापदण्ड तोक्ने विषयमा विभागले व्यवयसायीसंग छलफल गरेको छ ।

‘प्रधानमन्त्री तथा मनित्रपरिषदको कार्यालयमा पनि दशैंको लागि अग्रिट टिकट बुकिङ टिकट खुल्ला गर्ने बारे छलफल भइरहेको र छिटै खुल्ला गर्ने समय तय हुने विभागले जानकारी दिएको छ । व्यवसायीहरुले पनि दशैंमा घर जाने यात्रुको संख्या हेरेर अग्रिम टिकट बुकिङ खुल्ला गर्ने जनाएको छ ।

दसैँ–तिहारको समयमा झन्डै २० देखि २५ लाख मानिसहरु उपत्यकाबाट बाहिरिने गर्छन ।


प्रतिक्रिया दिनुहोस्