थप १७६० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु « Arthapath.com
३० भाद्र २०७८, बुधबार

थप १७६० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु



काठमाडौं । बुधबार पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार ५ सय २४ पीसीआर परीक्षणमा १ हजार ३ सय ३२ जना र ४ हजार ३ सय २० एन्टिजेन परीक्षणमा ४ सय २८ जना गरी कुल १ हजार ७ सय ६० जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तैगरि पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थपिएका मध्ये जसमध्ये काठमाडौं उपत्यकामा ४ सय ९५ संक्रमित छन् । काठमाडौंमा ३ सय ६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ । हाल देशभर २६ हजार २ सय २ जना संक्रिय संक्रमित रहेका छन ।


प्रतिक्रिया दिनुहोस्