साढे ३८ लाख नगदसहित २ जना हुण्डी कारोबारी पक्राउ « Arthapath.com
३१ भाद्र २०७८, बिहीबार

साढे ३८ लाख नगदसहित २ जना हुण्डी कारोबारी पक्राउ



काठमाडौं । अवैध वित्तीय कारोबार (हुण्डी)मा संलग्न दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ६ का ४५ वर्षीय कन्हैया प्रसाद सोनार र बाराको परवानीपुर गाउँपालिका ३ का २० वर्षीय दिपक कुमार सरार्फ रहेका छन ।

उनीहरुलाई प्रहरीले वीरगञ्ज महानगरपालिका ६ माइस्थान चोकस्थित केपी ज्वेलर्सबाट दुबै जनालाई ३८ लाख ५१ हजार १ सय रुपैयाँसहित पक्राउ गरेको हो ।

उनीहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्