थप १५११ जनामा कोरोना संक्रमण, ११ जनाको ज्यान गयो « Arthapath.com
३१ भाद्र २०७८, बिहीबार

थप १५११ जनामा कोरोना संक्रमण, ११ जनाको ज्यान गयो



काठमाडौं । बिहिबार पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १ सय ६५ जना र ३ हजार ९ सय ७१ एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ गरी १ हजार ५ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

१ हजार ६ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्तमणमुक्त हुनेको संख्या ७ लाख ४५ हजार २ सय १५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणका कारण मुत्यु हुनेको संख्या ११ हजार २ सय पुगेको छ ।

हाल देशभर २५ हजार ७ सय ७२ जना पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्