पैसा बचत गर्दै हुनुहुन्छ भने यी बैंकले धेरै दिन्छ ब्याज, २७ वाणिज्य बैंकमध्ये कुनको कति ? « Arthapath.com
१ आश्विन २०७८, शुक्रबार

पैसा बचत गर्दै हुनुहुन्छ भने यी बैंकले धेरै दिन्छ ब्याज, २७ वाणिज्य बैंकमध्ये कुनको कति ?



काठमाडौं । असोज महिना शुरु भएपछि बैंक तथा वित्तीय संस्थाहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले असोज १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्र्वजकि गरेका हुन् । बैंकहरुले तरलता अभाव भएपछि ब्याजदर बढाएका छन् । विभिन्न बचत खातामा बैंकहरुले ब्याजदर बढाएका हुन् । यतिबेला बैंकहरुमा तरलता अभाव भएपछि राष्ट्र बैंकले समेत राष्ट्र बैंकले रिपो नै जारी गर्नुपरेको छ ।

बजारमा तरलता अधिक अभाव देखिएपछि राष्ट्र बैंकले २ हप्ता समयावधिको २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको हो । बैंकहरुले निक्षेप बढाउनको लागि ब्याजदर बढाएका हुन् ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरमा सबैभन्दा धेरै ब्याज एनएमबि बैंकले ६.५२ प्रतिशत दिने छ । त्यस्तै दोस्रोमा नबिल बैंकले ६.२६ प्रतिशत, सिभिल बैंक र सेञ्चुरी बैंकले ६.२५ प्रतिशत ब्याज दिने भएका छन् । यता हिमालयन बैंकले ६.१५ प्रतिशत र मेगा बैंकले ६.०५ प्रतिशत ब्याज दिने भएको छ ।

सबैभन्दा कम ब्याज दिनेमा एसबिआई बैंक रहेको छ । यस बैंकले ३.५५ प्रतिशत ब्याज दिनेछ । यता एनआईसी एशिया बैंक पनि कम ब्याज दिनेमा दोस्रोमा छ ।

कुन बैंकको बचत खातामा कति ब्याज ?

१. सिभिल बैंक

सिभिल बैंकले विभिन्न बचत खातामा न्यूनतम ४.२५ प्रतिशतदेखि अधिकतम ६.२५ प्रतिशत ब्याज उपलब्ध गराउने भएको छ ।

२. कृषि विकास बैंक

कृषि विकास बैंकले विभिन्न बचत खातामा न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

३. राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न खातामा न्यूनतम ३.०६ प्रतिशत ब्याज दिनेछ भने अधिकतम ५ प्रतिशतसम्म ब्याज दिनेछ ।

४. नेपाल बैंक

नेपाल बैंकले विभिन्न बचत खातामा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ४.५५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

५. सिटिजन्स बैंक

सिटिजन्स बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा विभिन्न बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिने भएको हो ।

६. नबिल बैंक

नबिल बैंकले विभिन्न बचत खातामा न्यूनतम ४.२६ प्रतिशत र अधिकतम ६.२६ प्रतिशतसम्म ब्याज दिने भएको हो ।

७. प्रभु बैंकले

प्रभु बैंकले विभिन्न बचत खातामा न्यूनतम ३.२५ प्रतिशत र अधिकतम ५ प्रतिशत ब्याज दिने भएको हो ।

८. प्राइक कमर्सियल बैंकले

प्राइक कमर्सियल बैंकले पनि विभिन्न बचत खातामा न्यूनतम ४.७६ प्रतिशतदेखि ५.७६ प्रतिशत ब्याज उपलब्ध गराउने भएको छ ।

९. बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले विभिन्न बचत खातामा न्यूनतम ३.७७ प्रतिशतदेखि ५.२७ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने भएको हो ।

१०. एनसीसी बैंक

एनसीसी बैंकले विभिन्न बचत खातामा न्यूनतम ४.२६ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिनेछ ।

११. एनएमबि बैंक

एनएमबि बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा न्यूनतम ४.५२ प्रतिशतदेखि ६.५२ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

१२. सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी कमर्सियल बैंकले विभिन्न बचत खातामा न्यूनतम ४.२५ प्रतिशतदेखि ६.२५ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

१३. लक्ष्मी बैंक

लक्ष्मी बैंकले विभिन्न बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

१४. नेपाल बङ्ग्लादेश बैंक

नेपाल बङ्ग्लादेश बैंकले विभिन्न बचत खातामा न्यूनतम ३.७६ प्रतिशतदेखि ४.७६ प्रतिशतसम्म ब्याज दिनेछ ।

१५. स्टान्डर्ड चार्टर्ड बैंक

स्टाण्र्डट चार्टेड बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा विभिन्न बचत खातातर्फ न्यूनतम २.५ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याज दिने भएको हो ।

१६. सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले विभिन्न बचत खातामा न्यूनतम ४.०५ प्रतिशतदेखि ५.०५ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने भएको छ ।

१७. एभरेष्ट बैंक

एभरेष्ट बैंकले विभिन्न बचत खातामा न्यूनतम ३.६१ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिनेछ ।

१८. एसबिआई बैंक

नेपाल एसबिआई बैंकले विभिन्न बचत खातामा ३.५५ प्रतिशत ब्याज दिनेछ ।

१९. एआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले विभिन्न बचत खातामा ३.६ प्रतिशत ब्याज दिने जनाएको छ ।

२०. सनराइज बैंक

सनराइज बैंकले विभिन्न बचत खातामा ५.०७ प्रतिशत ब्याज दिने भएको छ ।

२१. कुमारी बैंक

कुमारी बैंकले विभिन्न बचत खातामा न्यूनतम ३.१५ प्रतिशत ब्याज दिने छ भने अधिकतममा ५.१५ प्रतिशत ब्षज दिने छ ।

२२. मेगा बैंक

मेगा बैंकले विभिन्न बचत खातामा न्यूनतम ४.५५ प्रतिशत र अधिकतम ६.०५ प्रतिशत ब्याज दिनेछ ।

२३. माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले विभिन्न बचत खातामा न्यूनतम ३.७५ प्रतिशत र अधिकतम ५ प्रतिशत ब्याज दिनेछ ।

२४. नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले विभिन्न बचत खातामा ४.०२ प्रतिशत ब्याज दिनेछ ।

२५. हिमालयन बैंक

हिमालयन बैंकले विभिन्न बचत खातामा न्यूनतम ४.१५ प्रतिशत ब्याज दिनेछ भने अधिकतम ६.१५ प्रतिशत ब्याज दिनेछ ।

२६. ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले विभिन्न बचत खातामा ४.५ प्रतिशत ब्याज दिनेछ ।

२७. सानिमा बैंक

सानिमा बैंकले विभिन्न बचत खातामा न्यूनतम ४.५१ प्रतिशत र अधिकतम ५ प्रतिशत ब्याज दिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्