बैंकिङ कसूरमा २ करोड रुपैयाँ जरिवाना र कैद सजाय तोकिएका ब्यक्ति पक्राउ « Arthapath.com
४ आश्विन २०७८, सोमबार

बैंकिङ कसूरमा २ करोड रुपैयाँ जरिवाना र कैद सजाय तोकिएका ब्यक्ति पक्राउ



काठमाडौं । अदालतले बैंकिङ कसुरमा दोषी ठहर गरेको ब्यक्ति पक्राउ परेका छन् । अदालतले बैंकिङ कसूर मुद्दामा दोषी ठहर गरी २ करोड रुपैयाँ जरिवाना र कैद सजाय तोकिएका ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ६७ वर्षीय कृष्णबहादुर थापालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्सा र बारासँगको समन्वयमा शनिबार वीरगञ्जको पूर्णिमा चोकबाट पक्राउ गरी काठमाडौं ल्याइएको जनाएको छ ।

गत मंसिर २२ मा रविन्द्र थापाले जाहेरी दिएको चेक बाउन्सको मुद्दामा उच्च अदालत पाटनले १ करोड २५ लाख बिगो जरिवाना र १७ दिन कैद सजाय, रविन्द्रकै अर्को मुद्दामा अदालतले ७५ लाख बिगो जरिवाना र १३ दिन कैद सजाय र सोही कसूरमा राजन श्रेष्ठको जाहेरीमा काठमाडौं जिल्ला अदालतले १७ लाख रुपैयाँ र त्यसको कानून बमोजिम हुने ब्याज समेतको बिगो तोकेको थियो ।

तर उक्त सजाय र बिगो नतिरेर फरार रहेकाले २०७५ असोज १९ गतेको फैसलाले थापालाई १ वर्ष कैद सजाय तोकेको थियो । पक्राउ परेका थापालाई फैसला कार्यान्वयनकालागि जिल्ला अदालत काठमाडौ बुझाएको महाशाखाले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्