तरलता अभाव कायमै, राष्ट्र बैंकले जारी गर्यो ८ दिनमा नै ५० अर्ब रुपैयाँको रिपो « Arthapath.com
७ आश्विन २०७८, बिहीबार

तरलता अभाव कायमै, राष्ट्र बैंकले जारी गर्यो ८ दिनमा नै ५० अर्ब रुपैयाँको रिपो



काठमाडौं । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएपछि राष्ट्र बैंकले रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव कायम नै रहेपछि राष्ट्र बैंकले दुइ पटक रिपो जारी गर्नु परेको छ ।

नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ रकम बजारमा पठाउने निर्णय गरेको हो । बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको चरम अभाव भएपछि राष्ट्र बैंकले रिपोको माध्यमबाट बजारमा रकम पठाउदै आएको छ । यसअघि भदौ ३१ गते नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो । केन्द्रीय बैंकले २ हप्ता समयावधिको २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको थियो ।

बजारमा तरलता अधिक अभाव देखिएपछि राष्ट्र बैंकले पुनः ३० अर्ब रुपैयाँ बजारमा पठाएर तरलताको समस्या व्यवस्थापन गर्न लागेको हो । यसअघि भदौ ३१ गते आज जारी गरेको ३० अर्ब रुपैयाँ रिपो गरी ८ दिनमा नै ५० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्नुपरेको हो ।

बिहीबार रिपो बोलकबोलबाट एक हप्ताको लागि मात्र पठाउन लागेको हो । ७ दिन अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछ ।


प्रतिक्रिया दिनुहोस्