थप १२३९ जनामा कोरोना संक्रमण, १३ जनाको ज्यान गयो « Arthapath.com
७ आश्विन २०७८, बिहीबार

थप १२३९ जनामा कोरोना संक्रमण, १३ जनाको ज्यान गयो



काठमाडौँ । बिहीबार  पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ६ सय २९ पीसीआर परीक्षणमा ९ सय ४१ र ३ हजार ६ सय १४ एन्टिजेन परीक्षणमा २ सय ९८ जना गरी १ हजार २ सय ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी वितेको २४ घण्टामा थप १ हजार ३ सय २४ जनामा कोरोना संक्रमण मुक्त भएका छन । यो सँगै कोरोना सुंक्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ५६ हजार ९ सय ५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गएको छ । यो सँगै कोरोना संक्तमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ७२ जना पुगेको छ । हाल देशभर २० हजार ७ सय ४३ जना संक्रिय संक्रमित रहेका छन ।


पछिल्लो २४ घण्टामा काठमाडौंमा २४५, ललितपुरमा १०७, झापामा ८६, मोरङमा ५६, भक्तपुरमा ५२ र कास्कीमा ४७ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्