कुमारी बैंकले दियो महिलाहरुलाई आत्मरक्षा प्रशिक्षण « Arthapath.com
८ आश्विन २०७८, शुक्रबार

कुमारी बैंकले दियो महिलाहरुलाई आत्मरक्षा प्रशिक्षण



काठमाडौं । कुमारी बैंकले महिलाहरुलाई दियो आत्मरक्षा प्रशिक्षण दिएको छ । बैंकले “आत्मरक्षाको माध्यमबाट महिला सशक्तिकरण“ को उद्देश्य सहित कुमारी बैंकले २० औ वार्षिकोत्सवको अवसरमा महिला हिंसाको न्युनीकरण तथा प्रतिकार गर्न देशको विभिन्न स्थानहरुमा महिलाहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएको हो ।

महिलाहरुलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सशक्त बनाई आत्मरक्षा गर्न सक्षम बनाउने एवं उपकरण र प्रविधिसंग परिचित गराइ आत्म मनोवल उच्च बनाउने उद्देश्य सहित उक्त प्रशिक्षण शुरु गरिएको बैंकले जनाएको छ ।

महिला मैत्री वातावरण सहितको कार्यस्थललाई अग्रस्थानमा राखि कुमारी बैंक लिमिटेडले कारोवार गर्दै आइरहेको र यस किसिमको प्रशिक्षणबाट महिलाहरुमा थप जागरूकता, मौखिक रक्षा, झूटा आरोप तथा आत्मसमर्पण रक्षा, शारीरिक रक्षा, र कानूनी रक्षा सम्बन्धी विषयमा प्रशिक्षित भई उच्च मनोवलका साथ अगाडि बढ्न प्रेरित हुने तथा आत्मारक्षा सम्बन्धमा जनचेतनामा समेत विस्तार हुने बैंकले जनाएको छ । सुदुर पश्चिम प्रदेश र बागमती प्रदेशमा प्रशिक्षण संचालन सम्पन्न भइसकेको छ भने त्रमशः अन्य प्रदेशहरुमा पनि संचालन गर्ने तयारी रहेको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७२ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।


प्रतिक्रिया दिनुहोस्