१४७६ जनामा कोरोना संक्तमण, १५५० जना निको भए « Arthapath.com
८ आश्विन २०७८, शुक्रबार

१४७६ जनामा कोरोना संक्तमण, १५५० जना निको भए



काठमाडौँ । शुक्रवार पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ९० जनाका गरिएको परीक्षणमा पिसिआर विधिबाट १ हजार १ सय ३ र एन्टीजेन विधिबाट ३ सय ७३ जनामा कोरोना सङ्क्रमण भएको हो । यो सँगै कोरोना संक्रमित हुनेको सङ्ख्या ७ लाख ८९ हजार ८ सय ७२ जना पुगेको छ ।


गत २४ घण्टामा थप १ हजार ५ सय ५० जना निको भएका छन् । यो सँगै कोरोना संक्तमुक्त हुनेको सङ्ख्या ७ लाख ५८ हजार ५ सय ४ जना पुगेको छ । हाल देशभर २० हजार २ सय ८७ जना पुगेको छ । 

कोरोना संक्तमणका कारण ९ जनाको मुत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार १ सय ८१ जना पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्