बागमती प्रदेश प्रहरी कार्यालयले प्रदेश भरका स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटीका राखीने « Arthapath.com
८ आश्विन २०७८, शुक्रबार

बागमती प्रदेश प्रहरी कार्यालयले प्रदेश भरका स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटीका राखीने



काठमाडौं । बागमती प्रदेश भरका स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटीका राखीने भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरीले नागरिकहरुबाट प्रहरी कर्मचारीहरुसंग सम्बन्धित गुनासो तथा सुझाव संकलन गरी प्रहरी सेवालाई थप प्रभावकारी प्रदेश भरीका हरेक स्थानीय तह तथा वडा कार्यालयहरुमा गुनासो तथा सुझाव संकलन पेटीका राख्ने तयारी गरेको छ ।

प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीहरुबाट सम्पादन भएका कामकारबाहीको सम्बन्धमा आम नागरिकबाट प्राप्त हुने सल्लाह, सुझावका साथै गुनासोलाई उचित सम्बोधन गरी प्राप्त सल्लाह सुझाव अनुरुप प्रहरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले गुनासो तथा सुझाव संकलन पेटीका संचालन सम्बन्धी योजना समेत निर्माण गरी गत आ.व. बाट यस कार्यको शुरुवात गरिएको थियो ।

कार्ययोजनामा उल्लेखीत व्यवस्था अनुसार गत आवमा बागमती प्रदेश अन्तर्गतका सवै ९८ वटै स्थानिय तहहरुमा २ चरणमा गरी पेटिका स्थापना गरी नियमित गुनासो तथा सुझाव संकलन गरी कार्यान्वयन गर्दै आईरहेको छ । ९८ वटा स्थानिय तहमा राखिएका गुनासो पेटिकाबाट हालसम्म ६० वटा भन्दा बढी सुझाव तथा गुनासोहरु संकलन गरी कार्यान्वयन गरि सकिएको छ ।

थप गुनासो तथा सुझाव संकलन पेटिका राख्ने सम्बन्धमा यस प्रदेश अन्तर्गतका ८ सय ७४ वडाहरु मध्ये चालु आव २०७८।०७९ मा कम्तिमा २०% वडा कार्यालयमा पेटिका स्थापना गर्ने कार्ययोजना अनुरुप मिति २०७८।०६।१० गते एकै चरणमा जिल्ला प्रहरी कार्यालय रसुवा बाहेक ९ जिल्लाका स्थानिय तहहरुका १५१ वटा वडा कार्यालयहरुमा गुनासो तथा सुझाव संकलन पेटिका स्थापना गरी नागरीकहरुबाट प्रहरीसंग सम्बन्धित सुचना संकलन गर्ने कार्य गरिएकोछ ।

नेपाल प्रहरीले नागरीकहरुबाट पृष्ठपोषण प्राप्तीका लागि नागरीक सुनुवाई कार्यक्रम संचालन, हरेक कार्यालयमा सुचना अधिकृतको ब्यवस्था, प्रबिधीहरुको प्रयोग लगायत बिभिन्न कृयाकलापहरु संचालन गर्दै आईरहेको भएतापनि सुचना संकलनका कार्यलाई थप प्रभावकारी बनाउन बागमती प्रदेश प्रहरी कार्यालयले नागरीकहरुको सहज र नियमित पहुचं हुने स्थानीय निकायहरुमा प्रहरी सम्बन्धित सुचनाहरु प्राप्त गर्ने संयन्त्रको विकास गर्नु उपयुक्त हुने महसुस गरी यो कार्ययोजना तयार गरिएको हो ।

गुनासो तथा सुझाव संकलन पेटीका राख्नुको उद्देश्य/औचित्य यसप्रकार रहेको छ :
१ स्थानीय निकायसंगको सहकार्यलाई थप दरिलो बनाउदै दीगो र दिर्गकालीन साझेदारीको संयन्त्र निर्माण गर्ने ।
२ सर्वसाधारणको प्रहरी प्रतिको बिश्वासमा अभिबृद्धि गर्ने ।
३ प्रहरी सेवा संचालनमा रहेका त्रृटी, कमी, कमजोरी पहिचान गर्दै सो कार्यमा आवश्यक्तानुसार सुधार गरी प्रहरी सेवालाई सुदृढ बनाउने ।
४ प्रहरी दायित्वको प्रभावकारी सम्पादनका लागि आगामी रणनिती तयार गर्न पृष्ठपोषण प्राप्त गर्ने ।
५ आचरण बिरुद्धका कार्य गर्ने प्रहरी कर्मचारीको पहिचान गरी संगठन सुद्धिकरण अभियानलाई सबल बनाउने ।
६ सुचना संकलनलाई प्रभावकारी बनाउने ।
७ सुशासन कायम गर्ने सम्बन्धमा नागरिकको अधिकारलाई व्यवहारमा उतारी कार्यान्यनमा ल्याउने ।

गुनासो तथा सुझाव संकलन एवम् ब्यवस्थापन सम्बन्धमा निम्नानुसार व्यवस्था मिलाईएको छः
१ प्रत्येक महिनाको १ गते सम्बन्धित वडा/पालीकाका प्रतिनिधी तथा नजिकको युनिटका प्रहरीको संयुक्त रोहबरमा पेटिकामा रहेका पत्रहरु निकाली दस्तखत सहित खामबन्दी गरी संकलन गरिनेछ ।

२ पत्रहरु प्रदेश प्रहरी कार्यालयको लागि संकलन गरिने भएकोले उजुरीकर्ताको गोप्यता समेतलाई ध्यानमा राखी पेटिकामा भएको पत्र नखोली, नपढी सुरक्षित साथ जिल्ला प्रहरी कार्यालयहरुले बिभिन्न वडा कार्यालय तथा पालीकाहरुबाट एकमुष्ठ संकलित पत्रहरु बागमती प्रदेश प्रहरी कार्यालयले प्राप्त गर्ने गरी पठाउनेछन ।
३ पत्र मार्फत प्राप्त हुन आएका गुनासो, सुझावहरुको उचित सम्बोधन/सुनुवाई गर्ने उत्तरदायित्व बागमती प्रदेश प्रहरी कार्यालयको हुनेछ ।
४ प्रदेश कार्यालयमा रहने गुनासा तथा सुझाव ब्यवस्थापन शाखाले संकलन भएका सुझाव तथा गुनासाहरु उपर छानबिन गरी आवश्यक कारवाही अघि बढाउनेछ ।
५ प्रदेश तथा जिल्ला स्तरका प्रहरी कार्यालयहरुमा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गुनासो तथा सुझाव संकलन तथा ब्यवस्थापन शाखा रहनेछ ।
६ सो शाखाले तालुक कार्यालयहरु तथा अन्य बिभिन्न श्रोत मार्फत प्राप्त हुन आएका सुझाव तथा गुनासाहरुको उचित कारवाही एवम् ब्यवस्थापनको कार्य गर्नेछ ।
७ सुझाव तथा गुनासा उपर गरिएको कारवाहीको बिवरण सवैको जानकारीका लागि बागमती प्रदेश प्रहरीको OfficialWeb-site मा राखिनेछ ।


प्रतिक्रिया दिनुहोस्