गुराँस लघुवित्तको लाभांश घोषणा « Arthapath.com
११ आश्विन २०७८, सोमबार

गुराँस लघुवित्तको लाभांश घोषणा



काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई १६.९० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तको हिजो बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी ८ करोड ३४ लाख रुपैयाँको १६.९० प्रतिशत बोनस शेयर र ०.८८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले घोषणा गरेको लाभांश  नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयर धनीहरूले पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्