एन आई सि एशिया लघुवित्तले गर्‍यो वित्तीय साक्षरता साथै सरसफाइ कार्यक्रम « Arthapath.com
१२ आश्विन २०७८, मंगलवार

एन आई सि एशिया लघुवित्तले गर्‍यो वित्तीय साक्षरता साथै सरसफाइ कार्यक्रम



काठमाडौँ । एन आई सि एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता साथै सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले मोरङ जिल्लाको सुनवर्षी नगरपालिकाको अमरदहमा वित्तीय साक्षरता साथै सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो । 

वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्त्व, नोटको जतन, बिमा, विप्रेषण, वित्तीय साक्षरताको महत्त्व, बैङ्कका प्रकार, डिजिटल्याईजेशन लगायतका विषयमा भिडियो तथा दृश्य सामाग्री प्रस्तुत गरिएको लघुवित्तले जानकारी दिएको छ ।

त्यस्तैगरी सफा, स्वच्छ तथा सुन्दर अमर दहको नारा सहित अमर दह बजार परिसार साथै वरिपरिका अन्य स्थान सरसफाइ गरिएको हो । स्थानीय युवा, युवा क्लब, महिला, नेपाल प्रहरी, बजार व्यवस्थापन समितिको सहभागितामा सरसफाइ कार्यक्रम गरेको हो । 

जनचेतनामूलक कार्यक्रममा करिब १ सय जना स्थानीयको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्