कुमारी बैङ्कका ग्राहकले सारथि होटेलमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने
काठमाडौँ । कुमारी बैङ्कका ग्राहकले होटेल सारथिमा आकर्षक छुट पाउने भएका छन् । कुमारी बैङ्कले काभ्रेको धुलिखेलस्थित होटेल, सारथि होटेल प्राइभेट लिमिटेडसङ आफ्ना ग्राहक वर्गलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा सहकार्य भएको छ । सो सहकार्य भएसङै बैङ्कका ग्राहक वर्गले सोही होटेल अन्तर्गतका विभिन्न खानपिन लगायतमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।
सम्झौता पत्रमा कुमारी बैङ्क लिई. बनेपा शाखाकी शाखा प्रबन्धक नवीना वैद्य र सारथि होटेलका तर्फबाट प्रबन्ध निर्देशक तथा कार्यकारी अध्यक्ष प्रह्लाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।
कुमारी बैङ्कले आफ्ना देशभर रहेका १ सय ९६ शाखा सञ्जाल, १ सय ६५ एटिएम, ३२ शाखारहित बैंकिङ्ग तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरू दिँदै आएको छ ।












