एनआईसी एशिया लघुवित्तले गर्‍यो झापामा सरसफाइ कार्यक्रम « Arthapath.com
१५ आश्विन २०७८, शुक्रबार

एनआईसी एशिया लघुवित्तले गर्‍यो झापामा सरसफाइ कार्यक्रम



काठमाडौँ । एनआईसी एशिया लघुवित्तले झापामा सरसफाइ कार्यक्रम गरेको छ । लघुवित्तले झापा जिल्लाको बाह्रदशी गाउँपालिका  वार्ड नं ३ राज गढमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो ।

लघुवित्तको शाखा कार्यालय राज गढले सफा वातावरण, हाम्रो अभियान भन्ने नाराका साथ करिब ७० जनाको सहभागितामा सरसफाइ कार्यक्रम समापन्न गरेको छ । 

इलाका प्रहरी कार्यालय –राज गढ, पाथीभरा चेतनशील महिला समूह, वडा कार्यालय    बाह्रदशी –३, उद्योग वाणिज्य सङ्घ राज गढ, वडा स्तरीय महिला उपभोक्ता समिति राज गढ लगायत स्थानीयहरूको सहयोग र एन आई सी एशिया लघुवित्तको आयोजनामा राज गढ बजार परिसर सरसफाइ भएको छ ।


प्रतिक्रिया दिनुहोस्