दिदी बहिनी कृषक समूहलाई हिमालयन बैङ्कले गर्‍यो प्रिन्टर हस्तान्तरण « Arthapath.com
६ असार २०८३, शनिबार

दिदी बहिनी कृषक समूहलाई हिमालयन बैङ्कले गर्‍यो प्रिन्टर हस्तान्तरण



काठमाडौँ  । हिमालयन बैकले दिदी बहिनी कृषक समुहलाई प्रिन्टर हस्तान्तरण गरेको छ । बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाज सेवी समूहको आर्थिक सहयोगमा गठित उदयपुर जिल्ला, चौडण्डीगढीको  कटर ओठेमा रहेको “दिदी बहिनी कृषक समूह” लार्ई फोटोकपी सहितको एक थान प्रिन्टर खरिद गरी हस्तान्तरण गरेको छ । 

संस्थाले करिब एक दशक देखि त्यस क्षेत्रका थुप्रै कृषक समूह गठन गरी विभिन्न कृषि तालिम प्रदान गर्दै आइरहेको छ । तर सो स्थान निकै नै विकट स्थानमा रहेको हुँदा तालिमका लागि आवश्यक कागजातहरू समेत छाप्न निकै समस्या भएकोले गर्दा समाज सेवी समूहको आवेदन अनुसार  दिदी बहिनी कृषक समूहलाई सो प्रिन्टर प्रदान गरिएको हो ।

बैङ्कका तर्फबाट बैङ्कका महाप्रबन्धक अनुप मास्केले दिदी बहिनी कृषक समूहका सचिव  डा. निर्मला थापालाई एक समारोह बिच उक्त सहयोग हस्तान्तरण गरेका हुन ।


प्रतिक्रिया दिनुहोस्