सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाईलाभांश वितरण घोषणा गरेको छ । बैंकको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद गरी कूल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ । बैंकको चुक्ता पूँजी २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँ छ । बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६६२ रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्