दशैंअघि नेप्से परिसुचक २६३९.३७ अंकमा आएर बन्द भयो, कारोबार रकम खुम्चदै « Arthapath.com
२५ आश्विन २०७८, सोमबार

दशैंअघि नेप्से परिसुचक २६३९.३७ अंकमा आएर बन्द भयो, कारोबार रकम खुम्चदै



काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं अघि शेयर कारोबार मापक नेप्से परिसुचक २६३९.३७ अंकमा आएर बन्द भएको छ । आज सोमबार यो साताको शेयर कारोबार हुने अन्तिम दिन हो । भोलीबाट नेपालीहरुको महान चाड बडादशैको सार्वजनिक विदा सुरु हुने भएकाले यो साता शेयर बजार बन्द रहन्छ ।

आज सोमबार शेयर बजार २३.१९ अंकले घटेको छ । हिजो आइतबार १८ अंकले ओरालो लागेको बजार आज पनि २३ अंक्ले घटेको छ । बजार १८ अंकले घटेर शेयर कारोबार मापक नेप्से परिसुचक २६३९.३७ अंकमा आइपुगेर बन्द भएको हो ।

यस दिन नेप्से, परिसुचकसंगै कारोबार रकम पनि खुम्चीएको छ । आज दिनभर २ सय १९ कम्पनिको ९ करोड ३१ लाख ४ हजार ७ सय ८० कित्ता शेयर ४४ हजार ४ सय ६२ पटक किनबेच हुदा ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ । हिजो आइतबार बजार १६ अंकले घट्दा ४ अर्ब ४९ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ । शेयर बजार करिब १ महिनायता निरन्तर रुपमा ओरालो लागिरहेको छ ।

आज लगानि र म्अचुल फन्ड बाहेक सबै समुहमा राताम्मे भएको छ । यस दिन सबैभन्दा बढि निर्जिवन विमा समुहका लगानिकर्ताले गुमाएका छन । निर्जिवन विमा समुह ७८, माईक्रोफाइनान्स ६७, विकास बैक ६५, व्यापार समुह ६४, जिवन विमा ४१, फाइनान्स ४२, अन्य ३७, होटल एण्ड टुरीजम १८, बैंकिङ्ग १६ अंकले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्