७८५ जनामा कोरोना संक्रमण, १२ जनाको मुत्यु « Arthapath.com
२५ आश्विन २०७८, सोमबार

७८५ जनामा कोरोना संक्रमण, १२ जनाको मुत्यु



काठमाडौं । आज सोमबार थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार १ सय ९५ जनामा गरिएको परिक्षणमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमित हुनेको संख्या ८ लाख २ हजार ८ सय ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको मुत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार २ सय ४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८ सय ८८ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७६ हजार ८ सय ३१ जना पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्