एमालेलाई लाग्यो वडा अधिवेशन, आज नुवाकोटमा पनि ८८ ओटै वडामा नेतृत्व चयन हुने « Arthapath.com
६ कार्तिक २०७८, शनिबार

एमालेलाई लाग्यो वडा अधिवेशन, आज नुवाकोटमा पनि ८८ ओटै वडामा नेतृत्व चयन हुने



नुवाकोट । नेकपा एमालेको वडा अधिवेशन शनिवार हुने भएको छ । केन्द्रको निर्देशन अनुसार एमालेले एकै पटक देशभर वडा अधिवेशन गर्न लागेको हो ।

वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअलको माध्यमाबाट सम्बोधन गर्ने जनाइएको छ । नुवाकोटमा पनि ८८ ओटा वडामा अधिवेशन हुने भएको छ ।

एमालेको यसअघिको स्थायी समिति बैठकले कात्तिक ६ गते एकै पटक देशभर वडा अधिवेशन तोके अनुसार निर्धारित मितिमै हुने भएको छ । त्यसै गरी स्थानीय तहको अधिवेशन कात्तिक ९ गतेलाई तोकिएको छ । नुवाकोटको १२ ओटा स्थानीय तहमा ९ गते नेतृत्व चयन हुनेछ ।


प्रतिक्रिया दिनुहोस्