सूर्योदय लघुवित्तको २० प्रतिशत लाभांश घोषणा « Arthapath.com
२५ कार्तिक २०७८, बिहीबार

सूर्योदय लघुवित्तको २० प्रतिशत लाभांश घोषणा



काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी २४ करोड ८० लाख ४२ हजारको २० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णग गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपछि लघुवित्तको आगामी साधारण सभाले पारीत गरेपछि शेयरधनीहरुले पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्