प्रभु बैंकको शेयर कारोबार रोक्का « Arthapath.com
२५ कार्तिक २०७८, बिहीबार

प्रभु बैंकको शेयर कारोबार रोक्का



काठमाडौं । प्रभु बैंकको शेयर कारोबार रोक्का भएको छ । बैंकले शेयर कारोबार भइरहेको समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेपछि शेयर कारोबार रोक्का भएको हो ।

कात्तिक २३ गते मंगलबार कारोबार समयमा संचालक समितिको बैठक बसेर १२ प्रतिशत लाभांश घोषणा गरेपछि स्पष्टिकरण सोध्नको लागि दोस्रो बजारमा शेयर कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ ।

मंगलबार बसेको संचालक समितिको बैठकले बैंकको हाल कायम चुक्ता पूँजीको १२ प्रतिशते बोनस शेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्