आईपीओ निष्कासनको पाइपलाईनमा रहेको आदर्श लघुवित्तको नाफा ६ लाख नाघ्यो « Arthapath.com
२५ कार्तिक २०७८, बिहीबार

आईपीओ निष्कासनको पाइपलाईनमा रहेको आदर्श लघुवित्तको नाफा ६ लाख नाघ्यो



काठमाडौं । सर्वसाधारणको लागि प्राथमिक शेयर आईपीओ निष्काशनको तयारीमा रहेको आदर्श लघुवित्त वित्तीय संस्थाले ६ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार ५ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधीमा लघुवित्तले २९ लाख ५४ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

१ करोड ४० लाख चुक्तापूजी रहेको लघुवित्तले ७१ लाख ५२ हजार रुपैयाँ जगेडा कोषमा छुटाएको छ ।

कम्पनीले प्रत्तिकित्ता १ सय रुपैयाँ अंकित मुल्यको ६० लाख बराबरको ६० हजार कित्ता आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । लघुवित्तको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।


प्रतिक्रिया दिनुहोस्