कोरोना भाइरसबाट प्रभावित अतिविपन्न ५ लाख परिवारलाई १० हजार अनुदान दिन अर्थमन्त्रालयले माग्यो आवेदन
काठमाडौँ । कोरोना भाइरसबाट प्रभावित भएका ५ लाख परिवारलाई १० हजार नगद प्रदान गर्न अर्थमन्त्रालयले आवेदन माग गरेको छ । अर्थमन्त्रालयले आज एक सुचना जारी गदै सुचना प्रकाशित भएको १५ दिनभित्र कोरोना प्रभावित अतिविपन्न परिवारलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ ।
सरकारले अतिविपन्न गरीब ५ लाख परिवारलाई चालु आब २०७८/७९ को बजेटमा राहत स्वरुप प्रति परिवार १० हजार रुपियाँ प्रदान गर्ने घोषणा गरेको थियो ।














