१६ प्रतिशत लाभांश पारित गर्न इन्भेष्टमेन्ट बैंकले बोलायो साधारण सभा « Arthapath.com
२५ कार्तिक २०७८, बिहीबार

१६ प्रतिशत लाभांश पारित गर्न इन्भेष्टमेन्ट बैंकले बोलायो साधारण सभा



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले साधारण सभा डाकेको छ । मंगलबार बसेको संचालक समितिको बैठकले बैंकको ३५ औं साधारण सभा मंसिर १७ गते बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग काठमाडौंमा ३५ औं साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले बैंकले प्रस्ताव गरेको हाल कायम चुक्ता पुँजीको १२.६११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३.३८९ प्रतिशत नगद गरि कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने छ ।

साधारण सभामा संस्थापक सेयरधनीको तफबाट ४ जना सञ्चालकहरुको निर्वाचन हुने प्रस्ताव समेत पेश हुने छ ।


प्रतिक्रिया दिनुहोस्