नेप्सेमा २ कम्पनिको सेयर सूचीकृत, कुनको कति ? « Arthapath.com
२५ कार्तिक २०७८, बिहीबार

नेप्सेमा २ कम्पनिको सेयर सूचीकृत, कुनको कति ?



काठमाडौं । दुई कम्पनीको सेयर सूचीकृत भएको छ । आज बिहिबार २ कम्पनिको शेयर सूचीकूत भएको हो । शेयर सूचीकृत हुनेमा इन्फिनिटी लघुवित्त र हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल रहेका छन् ।

इन्फिनिटी लघुवित्त को ६ लाख ३९ हजार ५३५.२२ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । तत्कालीन नेपाल एग्रो लघुवित्तको सेयर इन्फिनिटीको नाममा सूचीकरण भएको हो । इन्फिनिटीले नेपाल एग्रो लघुवित्तलाई लाई १ः०.९८ अनुपातमा एक्वायर गरेर भदौ ४ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो ।

त्यसैगरी नेप्सेमा एचआइडीसीएलको ७ करोड ७० लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । एचआइडीसीएले ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता सतप्रतिशत शेयर निष्काशन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्