स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा « Arthapath.com
२६ कार्तिक २०७८, शुक्रबार

स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले संस्थापब शेयर बिक्री खुल्ला गरेको छ । लघुवित्तले संस्थापक समूह अन्र्तगतको ११ हजार ७ सय ५३ कित्ता संस्थापक शेयर लिलाममा विक्री खुल्ला गरेको हो ।

संस्थाले प्रति कित्ता न्यूनतम मूल्य ६ सय ७५ रुपैयाँमा संस्थापक शेयर विक्री खुल्ला गरेको हो । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १ हजार कित्ता र अधिकतम सबै कित्ता शेयरको लागि आवेदन दिन सक्नेछन ।

लघुवित्तको संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले हिजो बिहिबारदेखि मंसिर ०१ गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडमा आइपुग्ने गरी प्रति कित्ता आपूmले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सक्ने लघुवित्तले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्