आइतबार सुन २ सय र चाँदी १० रुपैयाँले बढ्यो « Arthapath.com
२८ कार्तिक २०७८, आईतवार

आइतबार सुन २ सय र चाँदी १० रुपैयाँले बढ्यो



काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुन तोलामा २ सय रुपैयाँले बढेको छ । यस दिन सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९४ हजार ६ सय र तेजावि सुन ९४ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार ४ सय र तेजावि सुन ९३ हजार ९ सयमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदी पनि प्रतितोला १० रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्