प्राइम लाइफको नाफा १० प्रतिशत बढ्यो, दाबी भुक्तानी सामान्य घट्यो, जीवन बीमा कोष झण्डै १६ अर्ब पुग्यो « Arthapath.com
२ श्रावण २०८३, शनिबार

प्राइम लाइफको नाफा १० प्रतिशत बढ्यो, दाबी भुक्तानी सामान्य घट्यो, जीवन बीमा कोष झण्डै १६ अर्ब पुग्यो



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमा शुल्क ९.७९ प्रतिशत बढेर १ अर्ब १७ करोड ९२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ६ करोड ५७ लाख ८५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

चालु आवको ३ महिनामा कम्पनीको खुद नाफा १.४९ प्रतिशत बढेर १२ करोड २५ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको ३ महिनामा कम्पनीले १२ करोड ७ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्म कम्पनीको चुक्ता पूँजी ७ प्रतिशत बढेर २ अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँ, जगेडा कोष ११.३८ प्रतिशत घटेर ८० करोड २९ लाख ३९ हजार रुपैयाँ, जीवन बीमा कोष २७.०८ प्रतिशत बढेर १५ अर्ब ७२ करोड ४६ लाख ८२ हजार रुपैयाँ र महाविपत्ति कोष १८.५५ प्रतिशत बढेर १६ करोड ७४ लाख ५ हजार रुपैयाँ सञ्चित छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ २८ पैसा रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ३९ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ १५ पैसा र मूल्य आम्दानी अनुपात ४१.३१ गुणा रहेको छ ।

असोज मसान्तसम्म कम्पनीको कूल बीमाशुल्क ९.८३ प्रतिशत बढेर १ अर्ब १८ करोड ३३ लाख ५९ हजार आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७ करोड ७४ लाख ८० हजार रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको थियो ।

चालु आवको ३ महिनामा कम्पनीको खुद दाबी भुक्तानी ४.४४ प्रतिशत घटेर २५ करोड ४६ लाख ४ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २६ कधरोड ६४ लाख ४६ हजार रुपैया खुद दाबी भुक्तानी गरेको थियो ।

कम्पनीले असोज मसान्तसम्म १ हजार १३८ वटा दाबी बापत २७ करोड ६२ लाख ८० हजार रुपैयाँ कूल दबी भुक्तानी गरेको छ भने ५९ वटा दाबी बापत १ करोड ६० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्