राष्ट्रिय वाणिज्य बैंकले माग्यो विभिन्न पदका लागि ८३६ जना कर्मचारी, प्लस टूले पनि आवेदन दिन पाउने « Arthapath.com
२ मंसिर २०७८, बिहीबार

राष्ट्रिय वाणिज्य बैंकले माग्यो विभिन्न पदका लागि ८३६ जना कर्मचारी, प्लस टूले पनि आवेदन दिन पाउने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न ६ पदका लागि कर्मचारी मागेको छ । बैंकले नवौं तहदेखि चौंथो तहसम्म गरि जम्म ८३६ जना कर्मचारीका लागि जागिरको अवसर खुलाएको छ ।

बैंकले कात्तिक १५ गतेदेखि दरखास्त आह्वान गरि विभिन्न ८३६ पदका लागि कर्मचारी मागेको हो । बैंकले प्रवीणता प्रमाणपत्र तह उत्तीर्णदेखि स्नातकोत्तर उत्तीर्णसम्मका लागि रोजगारी दिने भएको हो ।

बैंकले नवौं तहका लागि प्रशासनतर्फ बरिष्ठ प्रबन्धक २ जना कर्मचारीका लागि कर्मचारी मागेको छ । जसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, जनप्रशासन वा मानविकी संकायमा मूल विषय अर्थशास्त्र लिई प्रथम श्रेणीमा स्नातकोत्तर तह उतिर्ण गरि बैंक तथा वित्तीय संस्थामा अधिकृत तहमा ८ बर्षको अनुभव हुनुपर्ने छ ।

त्यस्तै, बैंकले आठौं तहका लागि प्रबन्धक पदका लागि ६ जना कर्मचारी मागेको छ । जसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, जनप्रशासन वा मानविकी संकायमा मूल विषय अर्थशास्त्र लिई प्रथम श्रेणीमा स्नातकोत्तर तह उतिर्ण गरि बैंक तथा वित्तीय संस्थामा अधिकृत तहमा ६ बर्षको अनुभव हुनुपर्ने छ ।

त्यस्तै, बैंकले सातौं तहका लागि उप प्रबन्धक प्रशासन र लेखा पदका लागि १९ जना कर्मचारी मागेको छ । जसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, जनप्रशासन वा मानविकी संकायमा मूल विषय अर्थशास्त्र लिई प्रथम श्रेणीमा स्नातकोत्तर तह उतिर्ण गरि बैंक तथा वित्तीय संस्थामा अधिकृत तहमा ६ बर्षको अनुभव हुनुपर्ने छ । उप प्रबन्धक लेखा पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउटेन्सी उतिर्ण हुनुपर्नेछ ।

त्यस्तै, बैंकले छैटौं तहका लागि सहायक प्रबन्धक २ सय जना, सहायक प्रबन्धक (कानुन) ६ जना, सहायक प्रबन्धक (सूचना प्रविधि) १५ जना, सहायक प्रबन्धक (नगद) १५ जना गरी कूल २३६ जना कर्मचारी मागेको छ । सहायक प्रबन्धकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, जनप्रशासन वा मानविकी संकायमा मूल विषय अर्थशास्त्र लिई स्नातकोत्तर तह उतिर्ण गरेको हुनुपर्ने । त्यस्तै, सहायक प्रबन्धक (कानुन) का लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कानुन संकायतर्फ स्नाकोत्तर तह उतिर्ण गरेको हुनुपर्ने, सहायक प्रबन्धक (सूचना प्रविधि) का लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर वा कम्प्युटर साइन्स वा कम्युनिकेशन वा सूचना प्रविधि विषयमा स्नाकोत्तर हासिल गरेको हुनुपर्ने र सहायक प्रबन्धक (नगद) का लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, जनप्रशासन वा मानविकी संकायमा मूल विषय अर्थशास्त्र लिई स्नातक हासिल गरेको हुनुपर्नेछ ।

त्यस्तै, बैंकले पाचौं तहका लागि वरिष्ठ सहायक पदका लागि १७९ जना, वरिष्ठ सहायक (नगद) का लागि ३२ जना, वरिष्ठ सहायक (कानुन) पदका लागि १० जना र वरिष्ठ सहायक (सूचना प्रविधि) पदका लागि ४४ जना गरी कूल २६५ जना कर्मचारी मागेको छ ।

वरिष्ठ सहायक तथा वरिष्ठ सहायक (नगद) पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, जनप्रशासन वा मानविकी संकायमा मूल विषय अर्थशास्त्र लिई स्नातक तह उतिर्ण गरेको हुनुपर्ने । त्यस्तै, वरिष्ठ सहायक (कानुन) पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कानुन संकायतर्फ स्नाकात तह उतिर्ण गरेको हुनुपर्ने र वरिष्ठ सहायक (सूचना प्रविधि) पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर वा कम्प्युटर साइन्स वा कम्युनिकेशन वा सूचना प्रविधि विषयमा स्नातक तह हासिल गरेको हुनुपर्ने छ ।

त्यस्तै, बैंकले चौथों तहका लागि सहायक पदका लागि २४५ जना र सहायक (नगद) पदका लागि ६३ जना गरी कूल ३०८ जना कर्मचारी मागेको छ । जसका लागि दश जोड दुई वा सो सरहको योग्यता हासिल गरेको हुनुपर्ने छ ।

इच्छुक उमेद्वारले २१ दिन अर्थात् मंसिर ५ गतेभित्र सिंहदरबार अगाडि रामशाहपथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा दरखास्त बुझाउनुपर्ने हुन्छ । दोब्बर दस्तुर तिरेर थप ७ दिन अर्थात मंसिर १२ गतेभित्र आवेदन फारम बुझाउन सक्ने बैंकले जनाएका छ ।

बैंकको वेवसाइड www.rbb.com.np मा गएर क्यारियर नोटिस बाट आवेदन फारम डाउनलोड गरी भर्न सकिने छ । तर, बुझाउन भने बैंकमै जानुपर्छ ।

लिखित परीक्षा लोक सेवा आयोगले लिने भएकाले उम्मेदवारहरुबीच प्रतिस्पर्धा गरी बढी अंक प्राप्त गर्नेलाई छनौट गरिने बैंकले जनाएको छ । लिखित परीक्षा पास गरेकाहरुलाई बैंकले मौखिक परीक्षा पनि लिनेछ । तलव तथा सुविधा बैंकको नियम अनुसार हुने सूचनामा उल्लेख छ । बैंकमा जागिर खाने नयाँ कर्मचारीका हकमा महिलालाई ६ महिना र पुरुषलाई १ वर्ष परीक्षण अवधि रहेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्