लाभांश पारित गर्न ग्लोबल आईएमई बैंकको साधारण सभा मंसिर २७ गते, बुकक्लोज कहिले ? « Arthapath.com
२ श्रावण २०८३, शनिबार

लाभांश पारित गर्न ग्लोबल आईएमई बैंकको साधारण सभा मंसिर २७ गते, बुकक्लोज कहिले ?



काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले १५ औं वार्षिक साधारण सभा मंसिर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा विहान १० बजे बस्ने छ ।

बैंकको सभाले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १३ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्