थप २९६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको ज्यान गयो
काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा थप २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय ७२ जनामा गरिएको परिक्षणमा २ सय ७१ जनामा कोरोना संक्तमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । हाल देशभर ७ हजार ५ सय ३९ जना संक्रिय संक्रमित रहेका छन् ।
यो संगै कोरोना संक्रमित हुनेको संख्या ८ लाख १८ हजार ५ सय ७८ पुगेको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ९४ र निको हुनेको संख्या ७ लाख ९९ हजार ५ सय ४५ पुगेको छ ।














